सोमवार, 12 मार्च 2012

मैले तिमिलाई हेरे तर तिमी  हेर्यौ जात
मैले तिमीलाई गुलाब को सरि पूजे तर तिमी बनायौ बज्रपात
मा खुशी थिए आफ्नो एक्लो जीवनमा थिएँ कसैको आश
तर किन आज भोलि कुल्टी फेर्दै रुन्छु म आधा-आधा  रात 
तिमि अरुलाई मन पराउछौ अरु लाई आफ्नो जीवन साथी बनाउछौ
ठिकै छ तिमी हासीखुशी बस्नु राम्रो गर्नु आफ्नो जीवन को सुरुवात
म तिमीलाई चाहेर पनि पाउन सकिन शिश सरि टुट्यो मेरो मन को हर एक-एक आश
तिमीलाई के नाम देउ म के नाम लिएर बुलाउ
अलमल्लमा पर्छु जब हुन्छ हाम्रो मुलाकत
निस्ठुरी भनौभने आफ्नै मुटु चिरीन्छ
बैगुनी भनौ  भने आफैलाई लाग्छ लाज
बैगुनी कसरि   भनौ  तिमीलाई तिमी त् गुण लगाएर गयौ
तिमी साथ नदिए त के भयो तिम्रो गमले दिन्छ साथ 
तिमी सधै हास्नु खेल्नु म रोयेपानी
एउटा प्रशन मात्र सोध्छु कि निस्ठुरी तिमी किन गर्यौ बिस्वाशघात



कमलेश कुमार कापरी  हे. न. पा. ४

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें