बुधवार, 27 मार्च 2013

अरबी युवती र नेपाली युवाको बियोगान्त सत्य प्रेम कथा

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! (फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)” साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्। राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।। नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें